Kathmandu Press

वाग्मती प्रदेशमा मन्त्रिपरिषद विस्तार, दिउँसो ३ बजे शपथ

कांग्रेसबाट ४ जना र नेकपा एसबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरिएकाे हाे।
वाग्मती प्रदेशमा मन्त्रिपरिषद विस्तार, दिउँसो ३ बजे शपथ

काठमाडौं, जेठ ७ : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन्।

उनले आज (आइतबार) कांग्रेसबाट ४ जना र नेकपा एसबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन्।

कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी र उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन्। कांग्रेसकै रामकृष्ण चित्रकार बिनाविभागीय मन्त्री बनेका छन्।

नेकपा एसबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायातमन्त्री र राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी विकासमन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरुको आज दिउँसो ३ बजे शपथ पद तथा गोपनीयताकाे शपथ गर्ने तयारी रहेको जनाइएको छ।

प्रकाशित मिति: १४:२७ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्