Kathmandu Press

नक्कली शरणार्थी प्रकरणमा प्रतिवेदन बुझाउने तयारी 

प्रहरीका अनुसार उक्त प्रकरणमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको छ।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवेदन बुझाउने तयारी 

काठमाडौं, जेठ ७ : नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा दर्ता भएको जाहेरी अनुरुप प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारीमा छ। 

उक्त प्रकरणमा दुई महिनादेखि प्रहरीले अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार उक्त प्रकरणमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको छ। भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अगाडि बढाइएको थियो।

दुई महिनाभित्रै अदालतमा मुद्दा दर्ता भइसक्नुपर्ने कानुनी बाध्यताका कारण प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो। अनुसन्धान हुन बाँकीको हकमा थप प्रमाण र तथ्य जुटाएर पछि पनि मुद्दा चलाउन सकिने छ। 

नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, खाँणका सहयोगी नरेन्द्र केसीसहित १६ जना पक्राउ परेका छन्। 
 

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्