सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै
न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजलासमा सुनुवाईको पेसी तय भएको छ। पेशी सूचीमा १०औं नम्बरमा मुद्दाको पालो छ।
काठमाडौं, जेठ ७ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजलासमा सुनुवाईको पेसी तय भएको छ। पेशी सूचीमा १०औं नम्बरमा मुद्दाको पालो छ।
लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। १७ वर्षकी एक किशोरीले आफूमाथि बलात्कार गरेको दाबीसहित गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।
उक्त मुद्दामा बयान र वकपत्र सकिएपछि बादी र प्रतिबादीका वकिलबीच सुनुवाइ प्रारम्भ हुन थालेको हो।
प्रकाशित मिति: १३:३९ बजे, आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











