Kathmandu Press

राजकुमार ह्यारी र मेगन मार्कलको बैंक ब्यालेन्स कति छ?

राजकुमार ह्यारी र मेगन मार्कलले आर्थिक रूपमा स्वतन्त्र हुनलाई काम गर्ने र शाही सदस्यता त्याग्ने निर्णय गरेको खबर सबैलाई थाहै छ। उनीहरूको आधिकारिक वेबसाइट र इन्स्टाग्रा....

राजकुमार ह्यारी र मेगन मार्कलको बैंक ब्यालेन्स कति छ?

राजकुमार ह्यारी र मेगन मार्कलले आर्थिक रूपमा स्वतन्त्र हुनलाई काम गर्ने र शाही सदस्यता त्याग्ने निर्णय गरेको खबर सबैलाई थाहै छ। उनीहरूको आधिकारिक वेबसाइट र इन्स्टाग्राम पोस्ट गरेर पनि यो सूचना जारी गरेका छन् । 

दम्पतिले बेलायतकी महारानीलाई निरन्तर सहयोग गरे पनि शाही कोषबाट उनीहरूले कुनै रकम नपाउने भएका छन्। अब उनीहरू पेशागत रूपमा काम गर्न स्वतन्त्र छन्। अबदेखि उनीहरूको जीवनशैली शाही ताजले व्यवस्थापन गर्ने छैन। 

राजकुमार ह्यारीसँग विवाह गर्नुअघि मेगन मार्कलले अमेरिकी नाटक सुट्सबाट वार्षिक करिब पाँच लाख अमेरिकी डलर कमाउँथिन्। त्यसबाहेक “इन्डोर्समेन्ट” र प्रायोजनबाट पनि आम्दानी हुन्थ्यो। सन् २०१८ मा उनको कुल सम्पत्ति ५० लाख अमेरिकी डलर भएको अनुमान गरिएको थियो।

Hardik ivf

तर उनीहरूको संयुक्त सम्पत्ति भने त्यसको पाँच गुणा धेरै छ। राजकुमार ह्यारीको सम्पत्ति कम्तिमा पनि साढे दुई करोडदेखि चार करोड अमेरिकी डलरसम्म भएको अनुमान गरिएको छ।

राजकुमार विलियम र केट मिडलटनसँगै ह्यारीले बुवा राजकुमार चार्ल्सबाट सात अंकको “एलोवेन्स” पाउँछन्। यसबाट उनको यात्रा र लत्ताकपडाको खर्च जुट्छ।

अप्रिल २०१६ र मार्च २०१७ बीच, क्याम्ब्रिजका ड्युक र डचेस अनि ह्यारीले बुवाबाट करिब ५० लाख अमेरिकी डलर पाएको खबर छ। राजकुमार चार्ल्सले ड्युची अफ कर्नवाल भनिने निजी स्रोतबाट केही रकम पाउँछन्। यही स्रोतबाट झण्डै सात सय वर्षदेखि शाही परिवारको सार्वजनिक र निजी खर्च भइरहेको छ।

बेलायतको राजसंस्थाको अधिकांश सम्पत्ति विरासतमा भएको जमिन र लगानीबाट जुट्छ। सन् २०१६ देखि २०१७ सम्म ड्युची अफ कर्नवालले राजकुमार ह्यारी र विलियमको खर्चसहित राजकुमार चार्ल्स र पत्नी कमिलालाई कुल दुई करोड ८८ लाख अमेरिकी डलर उपलब्ध गराएको थियो।

ह्यारी र विलियमले २१ वर्षको उमेरदेखि राजकुमारी डायनाको सम्पत्तिबाट वार्षिक साढे चार लाख अमेरिकी डलर पाउने गरेका छन्। उनीहरूले बेलायती सरकारलाई कर पनि बुझाउँछन्। स्वर्गवासी आमाबाट दुवै राजकुमारले ३० औं जन्मदिनकका करिब एक करोड अमेरिकी डलर पनि पाए। त्यसबाहेक राजकुमार ह्यारीले बेलायती सेनामा दश वर्ष काम गरेका छन्।

आर्मी एयर कोर्प्समा हेलिकप्टर पाइलटको सेवा गरेबापत वार्षिक ५० देखि ५३ हजार अमेरिकी डलर कमाएको फोर्ब्सले जनाएको छ। यी सबै तथ्यले राजकुमार ह्यारीको कुल सम्पत्ति साढे दुई करोड भएको जनाउँछ।
 

प्रकाशित मिति: ०७:१० बजे, आइतबार, माघ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्