छिमेक सम्बन्धमा काँतर मन र चिसोपन हुन नहुने ओलीकाे भनाइ
‘चिसो पन राख्नुभएन। काँतर मन पनि राख्नुभएन। काँतर मन र चिसो पन हुनु भएन। मित्रसँग मित्रतापूर्ण ढंगले कुरा राख्नुपर्यो।’
काठमाडौं, जेठ ७ : प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले छिमेक सम्बन्धमा काँतर मन र चिसोपन हुन नहुने बताएका छन्। केही दिनमै प्रधानमन्त्री भारत जान लागेको भन्दै उनले त्यस्ताे सुझाव दिएका हुन्।
प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा भाग लिँदै उनले भने, ‘एउटा कुरा के बुझ्नुपर्यो परराष्ट्र सम्बन्धमा भने, भारत छिमेकी राष्ट्र हो र मित्र राष्ट्र हो। मित्रसँग आफूलाई लागेको कुरा, आफूलाई परेको समस्या खुलस्त पार्न किन नसकेको? खुलस्त कुरा नगरी समस्या कसरी समाधान हुन्छ,’ ओलीले भने, ‘चिसो पन राख्नुभएन। काँतर मन पनि राख्नुभएन। काँतर मन र चिसो पन हुनु भएन। मित्रसँग मित्रतापूर्ण ढंगले कुरा राख्नुपर्यो।’
उनले नेपाल-भारत सीम कालापानी, लिपुलेक र लिम्पियाधुराको अवस्थाबारे पनि सरकारसँग प्रश्न गरे। ‘कालापानी क्षेत्रको अवस्था के छ? सीमा सुरक्षित नै छ?’
‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन? यो सरकारलाई थाहा भएको देखिँदैन। प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूची ३१ मा रहेको नेपालको नक्सा अटाउन सकेको छैन, त्यहाँ बोलिएको छैन।











