बास्काेटाकाे प्रश्न– पूर्वमाओवादी नेता यानप्रसाद गौतम, राजु भुजेल सहिद हुन् कि गद्धार?
उनले काभ्रेको पाँचखालमा शनिबार साँझ ५६ वर्षयताकै ठुलो पानी परेको भन्दै त्यसले किसानको बाली सखाप पारिदिएको जानकारी पनि संसदलाई गराए।
काठमाडौं, जेठ ७ : एमाले सांसद गोकुल बास्कोटाले सरकारले सहिदको सूची कुन आधारमा निकालेको भन्दै प्रश्न गरेका छन्।
आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले उनले भने, ‘सरकारले झण्डै ६७ हजार जनाको सहिदको सूची निकाल्यो। मेरो जिल्लाको पूर्वमाओवादी नेता यानप्रसाद गौतम सहिद हो कि गद्धार हो? राजु भुजेल सहिद हो कि गद्धार हो? उनीहरूलाई न राज्यले जिम्मा लिन्छ न तत्कालीन विद्रोहीले? यो कसरी निकालियो?
उनले काभ्रेको पाँचखालमा शनिबार साँझ ५६ वर्षयताकै ठुलो पानी परेको भन्दै त्यसले किसानको बाली सखाप पारिदिएको जानकारी पनि संसदलाई गराए। ‘५६ वर्षपछि पाँचखालमा शनिबार राति परेको असिना पानीले दशौं करोडको क्षति गरेको छ, किसानको बाली नष्ट भएको छ,’ उनले भने, ‘बाली बिमा गरियोस्। किसानलाई क्षतिपूर्ति दिइयोस्।’
प्रकाशित मिति: १२:५३ बजे, आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











