यात्री मोटरसाइकलको दर्तामा देखिएको समस्या समाधान गर्न सांसद थापाद्वारा सरकारको ध्यानाकर्षण
कांग्रेस महामन्त्रीसमेत रहेका उनले आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भए पनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको भएको बताउँदै त्यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
काठमाडौं, जेठ ७ : कांग्रेस सांसद गगन थापाले स्वदेशमै निर्मित विद्युतीय सवारीसाधन यात्री मोटरसाइकलको दर्ता प्रक्रियामा पुनः देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
कांग्रेस महामन्त्रीसमेत रहेका उनले आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भए पनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको भएको बताउँदै त्यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
विद्युतीय सवारीसाधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीले निर्देशनमा कार्यविधि संशोधन भएको, दर्ता पनि सुरु भएको र सरकारको तारिफ पनि भएको बताए। ‘तर अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ। सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ’ उनले भने, ‘पहिले कानुन अभावले दर्ता नभए पनि अहिले कानुन बन्यो, दर्ता भयो तर अहिले आफैं ढिलो कानुन बनाउने निकायले दर्ता ढिलो किन गरिस्, तैले जरिवाना तिर्नुपर्छ भन्छ।’
उनले सरकारको कमजोरीको भारी उद्यमीलाई बोकाउन नमिल्ने बताए। स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित हुन दिन नहुने र आफ्नै नीतिको लाज राख्नसपर्ने बताए।