Kathmandu Press

उखु किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले धान रोप्ने समय आउन लाग्दासमेत किसााले उखुको भुक्तानी नपाएको बताए।
उखु किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, जेठ ७ : सांसद अमेरशकुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले धान रोप्ने समय आउन लाग्दासमेत किसााले उखुको भुक्तानी नपाएको बताए।

 ‘पैसा नभएर कसरी धानबाली लगाउने? कसरी मल किन्ने कसरी बिउ किन्ने? त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस्,’ उनले भने।

नगदेबाली उखुलाई सरकारले उधारो बाली बनाएको उनले आरोप लगाए।

प्रकाशित मिति: ११:५१ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्