Kathmandu Press

ए डिभिजन लिग : एपिएफलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

काठमाडौं, माघ १८ : विभागीय टिम एपिएफ क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्बल सहिद  स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शन....

ए डिभिजन लिग : एपिएफलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

काठमाडौं, माघ १८ : विभागीय टिम एपिएफ क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्बल सहिद  स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा एपिएफलाई २–१ ले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो। एपिएफविरुद्धको जितपछि मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई पछि पर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लियो।

मच्छिन्द्रको १० खेलमा २१ अंक भएको छ भने दोस्रो स्थानको आर्मीका २० अंक छ। तर, आर्मीले एक खेल कम खेलेको छ। एपिएफ भने ५ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। 

मच्छिन्द्रलाई जित दिलाउन विशाल राई र रञ्जित धिमालले गोल गरे भने एफिएफका रमेश दंगालले गोल गरेका थिए। 

खेलमा अग्रता एपिएफले लिएको थियो। उसले ४३ औं मिनेटमा रमेशको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले पछि परेको मच्छिन्द्रले दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेललाई बराबरीमा ल्यायो।

४८ औं  मिनेटमा विशाल राईले गोल गर्दै मच्छिन्द्रलाई खेलमा फर्काएका थिए। उनले रन्जित धिमालको कर्नरमा गोल गरेका थिए। 

७९ औं रन्जितले गोल गरेपछि मच्छिन्द्रले अग्रता लियो। उनले पेनाल्टीमा गोल गरेका थिए। रन्जितको पेनाल्टीले एपिएफका किपरले रोकेका थिए, तर रिबाउन्डमा गोल गर्दै मच्छिन्द्रलाई महत्वपूर्ण तीन अंक दिलाए। 
 

प्रकाशित मिति: १७:५१ बजे, शनिबार, माघ १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्