नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै
आर्थिक वर्ष २०८०,८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको सचिवालयले जनाएको छ ।
काठमाडौं, जेठ ७ : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
संसद् सचिवालयका अनुसार बिहान ११ः०० बजे बैठक बस्नेछ ।
आर्थिक वर्ष २०८०,८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न जेठ ७, ८, ९, १० र ११ गतेका दिनहरु तोकिएको सचिवालयले जनाएको छ ।
छलफलमा सांसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।
प्रकाशित मिति: ०७:५० बजे, आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार