सुदूरपश्चिममा एमालेले गर्यो रोस्ट्रम घेराउ
सभामुखले शुन्य समयमा बोल्न नदिएको विरोधमा एमाले प्रदेशसभा सदस्यहरुले रोस्ट्रम घेराउन गरेका हुन्। लामो समयपछि बसेको प्रदेशसभामा एमाले सदस्यहरुले शून्य समयमा बोल्न पाउनुपर्ने माग गरेका थिए।
धनगढी, जेठ ६ : प्रमुख प्रतिपक्षी दल एमालेले सुदूरपश्चिम प्रदेशसभाको रोस्टम घेराउ गरेको छ ।
सभामुखले शुन्य समयमा बोल्न नदिएको विरोधमा एमाले प्रदेशसभा सदस्यहरुले रोस्ट्रम घेराउन गरेका हुन्।
लामो समयपछि बसेको प्रदेशसभामा एमाले सदस्यहरुले शून्य समयमा बोल्न पाउनुपर्ने माग गरेका थिए। तर सभामुखले विशेष समय मात्र दिएको भन्दै उनले मर्यादामा ख्याल गर्न आग्रह गरेका थिए।
२१ फागुनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएपछि शनिबार पहिलो पटक प्रदेशसभाको बैठक बसेको थियो ।
एमाले सदस्यहरुले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केहीबेरका बैठक स्थगित गरेका थिए।
प्रकाशित मिति: १९:३१ बजे, शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











