Kathmandu Press

पत्रकारिता राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ : मन्त्री ज्वाला

समाजवादी प्रेस सङ्गठन काठमाडौँ जिल्ला शाखाको प्रथम अधिवेशनको शुभारम्भ गर्दै मन्त्री ज्वालाले समाजमा हुने राम्रा तथा नराम्रा दुवै पक्षको सत्यतथ्यलाई सुसूचित गरी पत्रकारिताले राष्ट्र तथा जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए।
पत्रकारिता राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ : मन्त्री ज्वाला

काठमाडाैं, जेठ ६ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रिकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताएका छन्।

समाजवादी प्रेस सङ्गठन काठमाडौँ जिल्ला शाखाको प्रथम अधिवेशनको शुभारम्भ गर्दै मन्त्री ज्वालाले समाजमा हुने राम्रा तथा नराम्रा दुवै पक्षको सत्यतथ्यलाई सुसूचित गरी पत्रकारिताले राष्ट्र तथा जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए।

यस क्षेत्रमा भएका विकृति न्यूनीकरण गर्न सङ्गठन अगाडि बढ्नुपर्ने बताउँदै उनले समाजवादी प्रेस सङ्गठनले स्थापनाको छोटो समयावधिमा देशभर सञ्जाल विस्तारका साथै प्रतिगमनको सशक्त विरोध गरी जनपक्षीय कार्य गरेकामा सराहना गरे। मन्त्री ज्वालाले सरकारले हालै ल्याएको वार्षिक नीति तथा कार्यक्रम गठबन्धनको न्यूनतम साझा कार्यक्रममा आधारित रहेको बताउँदै बजेटमा त्यसलाई ठोस र मूर्तरुप दिएर जनताप्रति थप उत्तरदायित्व वहन गरिने प्रस्ट पारे।

जनमुखी बजेट ल्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले भने, 'मुलुकमा देखिएको अहिलेको आर्थिक जटिलता हामीले समाधान गर्छौं। अर्थतन्त्रलाई एउटा सरल लयमा ल्याउन आवश्यक परामर्श र अध्ययन भइरहेको छ।' निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगरेका कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्वालाले यसमा हुने ढिलासुस्ती, तोकिएका मापदण्ड पूरा नगर्ने, गुणस्तरमा कमजोरीजस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए।

बर्दियामा निर्माणका क्रममा भत्किएको पुल पुननिर्माण गर्न अदालतका निर्णय पर्खनुपर्ने भएकाले त्यस आसपास क्षेत्रमा नयाँ पुल निर्माणको सम्भाव्यता अध्ययन भइरहेकाले करिब एक सातादेखि अनसनमा रह]का सङ्घीय सांसद सञ्जय गौतमलाई अनसन फिर्ता लिन उनले आग्रह गरे।

उनी सांसद गौतमको अवस्था बुझ्न आज त्यसतर्फ जाने जानकारी गराए। मुलुकको विकास र आर्थिक समृद्धिका लागि पूर्वाधार निर्माणका क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १८:१९ बजे, शनिबार, जेठ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्