Kathmandu Press

माधव नेपालको धम्की : हेप्न खोजे सरकार ढाल्छाैं  

नेकपा एस सिन्धुलीको सातौं जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्नेक्रममा अध्यक्ष नेपालले यस्तो धम्की दिएका हुन्।
माधव नेपालको धम्की : हेप्न खोजे सरकार ढाल्छाैं  

काठमाडौं, जेठ ६ : पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा समाजवादी (नेकपा एस) ले चाहे सरकार ढाल्न सक्ने बताएका छन्।संसदमा सिट संख्या कम भनेर कम नआक्न समेत नेपालले सत्ता पक्षका ठुला दललाई धम्की दिएका छन्।

नेकपा एस सिन्धुलीको सातौं जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्नेक्रममा अध्यक्ष नेपालले यस्तो धम्की दिएका हुन्। प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको दाबी पनि नेपालले गरे। थोरै सिट भनेर नहेप्न पनि उनले सत्ता गठबन्धनलाई धम्क्याएका छन्। 

आफूहरुले जे गरे पनि ठिक हुने र त्यसको स्तुति गान गाउनु पर्ने भएकै कारण एमालेबाट विद्रोह गर्न आफूहरु बाध्य भएको भनाइ नेपालको छ।

धेरै सिट हुनेहरुको सरकार प्रदेससभामा भकाभक ढलेको भन्दै उनले एमालेलाई कटाक्ष पनि गरे। बढी सिट भए पनि टिकाउन नसक्नेले ‘धेरै फुइँ नहाँक्न’ पनि नेपालले चेतावनी दिए।

नेपालले एमाले अध्यक्ष केपी ओलीलाई ‘मुर्ख राजा’ को कथासँग तुलना गरे।अधिवेशन उद्घाटनकाक्रममा नेपालले भने, ‘मैले जे गरे पनि हुन्छ भन्ने मुर्ख राजा जस्तै ओली अहंकारी र घमण्डी भएकाले आफूहरुले विद्रोह गर्नुपर्‍यो।’ 

प्रकाशित मिति: १८:०४ बजे, शनिबार, जेठ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्