Kathmandu Press

मन्त्री ज्वालासँगकाे ११ बुँदे सहमतिपछि सांसद गौतमले आठौं दिनमा तोडे अनशन

वैशाख ३० गते उनले अनशन थालेका थिए।
मन्त्री ज्वालासँगकाे ११ बुँदे सहमतिपछि सांसद गौतमले आठौं दिनमा तोडे अनशन

काठमाडौं, जेठ ६ : पुल निर्माण हुनुपर्नेसहितका विभिन्न १५ बुँदे माग राखेर बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका सांसद सञ्जयकुमार गौतमले आठौं दिनमा आमरण अनशन तोडेका छन्। वैशाख ३० गते उनले अनशन थालेका थिए।

कांग्रेस केन्द्रीय सदस्य एवं  बर्दिया–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि आज (शुक्रबार) अनशन तोडेका हुन्।

अनशन तोडे पनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्ना गरिएको जनाइएको छ। गौतमसँग वार्ताका लागि मन्त्री ज्वाला शनिबार बारबर्दिया–११ स्थित अनशनस्थल पुगेका थिए।

प्रकाशित मिति: १७:३८ बजे, शनिबार, जेठ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्