Kathmandu Press

सावित्राले पाँच गोल गर्दा गोकुलम विजयी

काठमाडौं, माघ १८ : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले पाँच गोल गरेपछि हिरो इन्डियन वुमन ल....

सावित्राले पाँच गोल गर्दा गोकुलम विजयी

काठमाडौं, माघ १८ : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले पाँच गोल गरेपछि हिरो इन्डियन वुमन लिगमा गोकुलम केराला एफसीले उत्कृष्ट जित निकालेको छ।

शनिबार बैंग्लोरमा भएको खेलमा सावित्रा चम्किएपछि गोकुलमले ओडिसा पुलिसलाई ७–० ले हरायो। गोकुलमालाई सानदार जित दिलाउने क्रममा सावित्राका अलावा आग्वो एक्पारियन्स र ग्रेस लालरनम्परीले समान एक–एक गोल गरे।

खेलको चौथो मिनेटमै सावित्राले गोल गर्दै गोकुलमलाई अग्रता दिलाइन्। पहिलो हाफ १–० मै सकियो। दोस्रो हाफमा भने गोकुलमले खेल पूर्णरुपमा आफ्नो पकडमा राख्यो र ६ गोल गर्‍यो। सवित्राले दोस्रो हाफमा दुई मिनेटभित्र दुई गोल गर्दै आफ्नो दोस्रो ह्याट्रिक पुरा गरिन्। उनले ५१ र ५२ औं मिनेटमा गोल गरेकी थिइन्। 

त्यसपछि सावित्राले ७४ औं र ८३ औं मिनेटमा गोल गर्दै गोकुलमलाई ५–० को अवस्थामा पुर्‍याइन्। ९० औं मिनेटमा आग्वो र इन्जुरी समयमा ग्रेसले गोल गरेपछि गोकुलमले ७–० को जित निकल्यो। पाँच गोल गरेकी सावित्रा म्यान अफ दी म्याच चुनिइन्। 

यो जितसँगै गोकुलम १२ अंकका साथ समूह बीको शीर्ष स्थानमा छ। केन्क्रे एफसी ६ अंकका साथ दोस्रो स्थानमा छ भने श्री भूमी ३ अंकका साथ तेस्रो स्थानमा छ। समूह ‘ए’मा कङचुप रोड योङ फिजिकल स्पोट्र्स क्लब ९ अंकका साथ शीर्ष स्थानमा छ भने सेथु एफसी ६ अंकका साथ दोस्रो र किकस्टार्ट एफसी ६ अंक नै जोड्दै तेस्रो स्थानमा छ। 

१२ टिम सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइलन पुग्ने छन्।

प्रभाव जमाउँदै सावित्रा

दोस्रो सिजन पनि सावित्राले आफ्नो उत्कृष्ट प्रशर्दनलाई निरन्तरता दिएकी छिन्। उनी लगातार दोस्रो खेलमा ह्याट्रिकसहित पाँच गोल गर्न सफल भइन्।

बैंग्लोरमा जारी प्रतियोगितामा सावित्राले ३ खेलमा ११ गोल गरिसकेकी छन्। सावित्राले केन्कर एफसीविरुद्ध पनि पाँच गोल गरेकी थिइन् भने श्री भूमी एफसीविरुद्ध एक गोल गरेकी थिइन्।

सावित्राले अघिल्लो सिजन पनि इन्डियन वुमन लिगमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। अघिल्लो सिजन सेथु एफसीबाट खेलेकी उनले टिमलाई च्याम्पियन बनाउने क्रममा तीन ह्याट्रिकसहित १५ गोल गरेकी थिइन्।
 

प्रकाशित मिति: १७:२७ बजे, शनिबार, माघ १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्