हिमाली क्षेत्रमा परेको असरबारे कुरा उठाएँ : उपसभामुख राना
विश्वव्यापार संगठन र सिंगापुरस्थित एस राजारत्नम अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्याशालामा भाग लिएर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँगको छलफलका क्रममा उपसभामुख रानाले यस्तो बताएकी हुन्।
काठमाडाैं, जेठ ६ : उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी संसदीय कार्यशाला गुणस्तरीय पूर्वाधार, पारदर्शीता र समानताका मुद्दामा अनुभव आदान प्रदान भएको बताएकी छन्।
विश्वव्यापार संगठन र सिंगापुरस्थित एस राजारत्नम अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्याशालामा भाग लिएर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँगको छलफलका क्रममा उपसभामुख रानाले यस्तो बताएकी हुन्।
देशका युवालाई मुलुकको अर्थतन्त्रबारे बुझाउन आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने विषयवस्तुलाई व्यवस्थित गर्नुपर्ने उनले बताइन्।
कार्यशालामा आफूले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असर, वातावरण संरक्षण, कार्बन उत्सर्जनलगायत विषयवस्तु उठाएको उनले बताइन्।
यही ज्येष्ठ १ देखि ३ गतेसम्म आयोजित कार्यशालामा उपसभामुख राना सहभागी भएकी थिइन्।