Kathmandu Press

कम्युनिष्ट दलहरु भ्रष्टीकरणमा फसिसके : बाबुराम भट्टराई

शनिबार समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले आफुलाई कम्युनिष्ट भन्ने एमाले माओवादीमा राज्यसंयन्त्र कव्जा गर्ने र पुरै भ्रष्टीकरण भएर जाने देखिएको आरोप लगाएका हुन्।
कम्युनिष्ट दलहरु भ्रष्टीकरणमा फसिसके : बाबुराम भट्टराई

काठमाडाैं, जेठ ६ : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिष्ट दलहरु भ्रष्टीकरणमा फसिसकेको आरोप लगाएका छन्।

शनिबार समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले आफुलाई कम्युनिष्ट भन्ने एमाले माओवादीमा राज्यसंयन्त्र कव्जा गर्ने र पुरै भ्रष्टीकरण भएर जाने देखिएको आरोप लगाएका हुन्।

त्यस्तै उनले कांग्रेस पुरानो विचार लिएर दिशाहीन भएर बसेको र विविधथरीको खिचडीजस्तो पार्टी भएकाले कांग्रेस, एमाले र माओवादीले देशको समस्या हल गर्न नसक्ने जिकिर गरे। भट्टराईले राप्रपा भन्ने पार्टी राजतन्त्रको भूत भएको र त्यसबाट तर्सनुपर्ने पर्ने अवस्था नरहेको उल्लेख गरे।

अहिले आएका नयाँ भन्ने पार्टीहरुलाई भने अहिले नै खराव भन्न नमिल्ने भए पनि उनीहरुमा कुनै विचार र योजना तथा नीति नै नरहेको उनले टिप्पणी गरे। उनले एउटै चिन्हबाट चुनाव लडेकाले आफ्नो पार्टी र माओवादीको एउटै संसदीय दल भए पनि माओवादीसँग कुनै एकता नभएको बताए।

अध्यक्ष भट्टराईले जेठ २५ र २६ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र अहिलेसम्मको समीक्षाका साथ भावी योजना तयार गर्ने जानकारी दिए। 

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, जेठ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्