उपप्रधानमन्त्री र एमसिसी उपाध्यक्षबीच भेटवार्ता
एमसिसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोली नेपाल भ्रमणमा छ। शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र ब्रुक्सबीच भेटवार्ता गरेको हो।
काठमाडौं, जेठ ६ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ।
एमसिसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोली नेपाल भ्रमणमा छ। शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र ब्रुक्सबीच भेटवार्ता गरेको हो।
गृह मन्त्रालय स्रोतका अनुसार भेटमा बरुक्सले एमसिसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयको काममा सहयोग गर्न आग्रह गरेका थिए।
कुराकानीका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले एमसिसी परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउन गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरुको सहयोग रहने भनाइ राखेका थिए।
उपप्रधानमन्त्री श्रेष्ठले परियोजनाको सफल कार्यान्वयनमा मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरुबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन पनि दिएका थिए।











