बुद्ध हिमाल–हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने
यात्रामा करिब ५ हजार उचाइसम्म पुगिने छन् । यस पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, नोटाँचे, लिपेलेक, मेमेपोखरी, बार पोखरी, ठूलागी ताल लगायत प्राकृतिक एवम् सांस्कृतिक क्षेत्र पर्दछन् ।
लमजुङ, जेठ ६ : लमजुङ र गोरखाको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गाउँपालिकाहरु एकजुट भएका छन् । दोर्दी गाउँपालिकाको सम्योजनमा बुद्ध हिमाल(हिमालचुली ग्रेटलेक सर्किट ट्रेल निर्माण हुने भएको छ।
सर्किट ट्रेल निर्माणका लागि लमजुङको दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा चार गाउँपालिकाका पदाधिकारीहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
सर्किट ट्रेल निर्माणपछि पर्यटन प्रवद्र्धनका लागि टानले सहयोग गर्ने टानका अध्यक्ष निलहरी बास्तोलाले बताए।
ट्रेल गोरखाको अजिरकोटदेखि यात्रा सुरू भएर दुधपोखरी हुँदै दोर्दी तर्फ अगाडी बड्छ । यात्रामा करिब ५ हजार उचाइसम्म पुगिने छन् । यस पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, नोटाँचे, लिपेलेक, मेमेपोखरी, बार पोखरी, ठूलागी ताल लगायत प्राकृतिक एवम् सांस्कृतिक क्षेत्र पर्दछन् ।
ट्रेल पार गर्नका लागि २१ दिन लाग्नेछ । जसमा दोर्दी गाउँपालिकामा मात्रै ९ दिनको रहेको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
त्यस्तै ट्रेलको तल्लो रेन्ज अन्तर्गत गोरखाको अजिरकोट भच्चेक हुँदै लमजुङ दुधपोखरीको बिचौर, इलम पोखरी, लिपे लेक, दाम्राङ, किर्तिपुर, टाप, बारपोखरी, हिले टक्सार हुँदै बेसिशहरको पिस हिल र मर्स्याङदी गाउँपालिकासम्म पुग्न सकिन्छ।
उक्त सर्किट ट्रेल निर्माणका लागि दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारीको संयोजकत्वमा समन्वय समिति समेत निर्माण गरिएको छ। समितिको सदस्यहरूमा मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष दिपक देवकोटा, दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ र ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल ९टान०का द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ रहेका छन्।
बुधबारको बैठकले यसबाट लाभ लिन सक्ने भएकाले ट्रेल निर्माणका लागि राइनास र बेसीशहर गाउँपालिकाबीच पनि साझेदारी र सहकार्य गर्ने निर्णय भएको समितिका अध्यक्ष अधिकारीले जानकारी दिए।
गाउँपालिकाका पदाधिकारीहरूबीच आआफ्नो ठाउँको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि विभिन्न छलफल समेत भएको अधिकारीले बताए।











