Kathmandu Press

चाँडै हुने मेराे भारत भ्रमणले नयाँ रेकर्ड बनाउनेछ : प्रधानमन्त्री दाहाल

शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा मुलुकको पक्षमा नयाँ रेकर्ड बनाउने तयारी भइरहेको जानकारी दिएका हुन्।
चाँडै हुने मेराे भारत भ्रमणले नयाँ रेकर्ड बनाउनेछ : प्रधानमन्त्री दाहाल

काठमाडाैं, जेठ ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमा हुने आफ्नो भारत भ्रमणका क्रममा नयाँ रेकर्ड बनाउने बताएका छन्।

शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा मुलुकको पक्षमा नयाँ रेकर्ड बनाउने तयारी भइरहेको जानकारी दिएका हुन्।

उनले केही रेकर्डहरु नेपाल राष्ट्र र नेपालीको पक्षमा बनाउने आफ्नो तयारी रहेको जिकिर गरे। प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु छलफलमा बस्दा भ्रष्टाचारविरुद्धको अभियानलाई कमजोर बनाउने हो कि भन्ने आशंका उत्पन्न भएपनि आफूहरु संसदलाई सहज रुपमा अघि बढाउन छलफलमा बसेको स्पष्ट पारे।

उनले अहिले पनि केही मान्छेहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको भन्दै शान्तिसम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति देखापरेर नै छलफलमा बसेको पनि बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोहि पनि नछुट्ने र निर्दोष कोहि पनि नपर्ने गरि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा तल्लो वर्ग, उत्पादन, रोजगारी सिर्जनालगायतका विषयलाई प्राथमिकतामा राखेको बताए।

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, जेठ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्