Kathmandu Press

गैंडाको आक्रमणबाट एकको मृत्यु

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
गैंडाको आक्रमणबाट एकको मृत्यु

काठमाडाैं, जेठ ६ : गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो। गैंडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११ः४५ बजे मृत्यु भएको हो। 

यस्तै गैंडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टंकनाथ रेग्मी घाइते भएका छन्। रेग्मी सामान्य घाइते भएको र उपचारपश्चात् घर फर्किएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:०५ बजे, शनिबार, जेठ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्