Kathmandu Press

ए डिभिजन लिग : संजोगको ह्याट्रिकमा थ्रीस्टार विजयी

काठमाडौं, माघ १८ : संजोग राईले ह्याट्रिक गरेपछि १० औं चरणको पहिलो खेलमा थ्रीस्टार क्लबले सानदार जित निकालेको छ।

शनिबार दशरथ रंगशालामा भ....

ए डिभिजन लिग : संजोगको ह्याट्रिकमा थ्रीस्टार विजयी
फाइल

काठमाडौं, माघ १८ : संजोग राईले ह्याट्रिक गरेपछि १० औं चरणको पहिलो खेलमा थ्रीस्टार क्लबले सानदार जित निकालेको छ।

शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा संजोगको ह्याट्रिक मद्दतमा थ्रीस्टारले सरस्वती क्लबलाई ४–० ले हरायो। थ्रीस्टार र सरस्वतीबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा भने थ्रीस्टारले सुधारिएको खेल प्रदर्शन गर्दै सरस्वतीविरुद्ध चार गोल गर्न सफल भयो।

खेलको ४८ औं मिनेटमा लाल राम्मव्राले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाए। त्यसपछिका तीन गोल संजोगको नाममा रह्यो। संजोगले १४ मिनेटको अन्तरमा आफ्नो ह्याट्रिक पूरा गरेका थिए। 

संजोगले ५७ औं मिनेटमा गोल थ्रीस्टारको अग्रता दोब्बर बनाए। उनले ६० औं मिनेटमा व्यक्तिग दोस्रो र क्लबका लागि तेस्रो गोल गरे। ७१ औं मिनेट गोल गर्दै संजोगले आफ्नो ह्याट्रिक पूरा गर्दै टिमलाई ४–० को सहज जित दिलाए। 
यो जिसँगै थ्रीस्टार १७ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। उसले १० खेलमा ५ जित, २ बराबरी र ३ हारको सामाना गरेको छ। सरस्तवी क्लब भने ४ अंकका साथ लिगको पुछारमा छ। २० अंक जोडेको त्रिभुवन आर्मी क्लब लिगको शीर्ष स्थानमा छ भने समान १९ अंक जोडेका मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। 
 

प्रकाशित मिति: १४:४८ बजे, शनिबार, माघ १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्