स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान
सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ।
काठमाडौं, जेठ ६ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७६औं महासभामा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।
उनको साथमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित छ जना जेनेभा प्रस्थान गरेका हुन्।
जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ।
प्रकाशित मिति: ०९:५६ बजे, शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











