Kathmandu Press

चन्द्रागिरिमा शरीरमा आगो लगएर एक महिलाले गरिन् आत्महत्या

शरीरमा आगो लागेपछि छटपटिंदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए।
चन्द्रागिरिमा शरीरमा आगो लगएर एक महिलाले गरिन् आत्महत्या

काठमाडौं, जेठ ६ : काठमाडौंमा एक महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले शरीमा आगो लगाएर आत्महत्या गरेकी हुन्।

प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।

शरीरमा आगो लागेपछि छटपटिंदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए।

अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान तीन बजेर २० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: १०:४० बजे, शनिबार, जेठ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्