नाउपले फिर्ता लियो नेपाल बन्द
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसदमा फौजदारी विधेयक टेबल भइसकेको जनाएपछि बन्दका कार्यक्रम फिर्ता लिइएको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जनाएका छन्।
काठमाडौं, जेठ ५ : सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी (नाउप)ले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ। नाउपले शुक्रबार विज्ञप्ति निकाल्दै ६ गतेदेखि १० गतेसम्म गर्ने भनिएको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसदमा फौजदारी विधेयक टेबल भइसकेको जनाएपछि बन्दका कार्यक्रम फिर्ता लिइएको पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जनाएका छन्।
‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्री ज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भैसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिवद्धता संसदमै जाहेर गर्नु भएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सारकारात्मक भएको महसुस भएकाले नेपाल बन्द कार्यक्रम स्थगित गरिएको छ,’ उपाध्यक्ष दामोदर पण्डितद्वारा जारी विज्ञप्तिमा भनिएको छ।