Kathmandu Press

अब अस्पतालमा बाह्रै घन्टा ओपिडी सेवा

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सामुदायिक अस्पतालमा १२ घन्टा ओपीडी सञ्चालन गर्ने व्यवस्था सार्वजनिक गरेको हो।
अब अस्पतालमा बाह्रै घन्टा ओपिडी सेवा

काठमाडौं, जेठ ५ : अबदेखि सामुदायिक अस्पतालहरुमा ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिने भएको छ। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सामुदायिक अस्पतालमा १२ घन्टा ओपीडी सञ्चालन गर्ने व्यवस्था सार्वजनिक गरेको हो।

‘सामुदायिक अस्पतालहरूमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्‍चित गरिएको छ,’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘बहिरङ्‍ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्‍चालन हुने व्यवस्था मिलाइनेछ।’

यसअतिरिक्त स्वास्थ्य बीमा कार्यक्रमलाई पनि पुनरावलोकन गरिने छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको गुनासो बढीरहेका बेला नीति र कार्यक्रममार्फत थप व्यवस्थित गर्न पुनरावलोकन गर्ने प्रतिबद्धता सरकारबाट आएको हो ।

 

प्रकाशित मिति: १८:४१ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्