महत्वपूर्ण लिखतमा राष्ट्रिय परिचयपत्र अनिवार्य
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रश्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
काठमाडौं, जेठ ५ : आगामी आर्थिक वर्ष २०८०÷८१ को सरकारको नीति तथा कार्यक्रममा केही महत्वपूर्ण लिखतमा अनिबार्य राष्ट्रिय परिचयपत्रको घोषणा भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रश्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरिएको छ।
आगामी तीन वर्ष भित्र उक्त कार्यक्रम लागु हुने छ।
प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











