Kathmandu Press

उच्च पदस्थको सम्पत्ति छानविन गरिने 

नीति तथा कार्यक्रममा संवैधानिक आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने उल्लेख छ।
उच्च पदस्थको सम्पत्ति छानविन गरिने 

काठमाडौं, जेठ ५ : सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत उक्त घोषणा गरिएको हो।

नीति तथा कार्यक्रममा उच्च पदस्थ लगायत जो कोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइने उल्लेख छ।

यस्तै नीति तथा कार्यक्रममा संवैधानिक आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने उल्लेख छ।

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्