शैक्षिक सत्रको सुरुवातमै पाठ्पुस्तक, चिकित्सा शिक्षाका लागि एकीकृत ऐन
सरकारले यसै वर्षदेखि गेटा विश्वविद्यालय सञ्चालनमा ल्याउने बताएको छ।
काठमाडौं, जेठ ५ : सरकारले प्रत्येक शैक्षिक सत्रको सुरुवातमा नै पाठ्पुस्तक पुर्याउने प्रणाली सुनिश्चित गर्ने बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संघीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सामुदायिक शैक्षिक प्रणाली सुधारका लागि जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिइने बताइएछ।
सरकारले चिकित्सा शिक्षा अध्यापन हुने प्रतिष्ठानहरूलाई एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनद्वारा सञ्चालन गर्ने नीति लिने भएको छ।
सरकारले यसै वर्षदेखि गेटा विश्वविद्यालय सञ्चालनमा ल्याउने बताएको छ। ‘गेटा विश्वविद्यालयसम्बन्धी विधेयक यसै अधिवेशनमा प्रस्तुत गरिनेछ,’ उनले भने, ‘उक्त अस्पताल यसै वर्ष सञ्चालनमा ल्याइनेछ।’
प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











