Kathmandu Press

सबैखाले बालश्रम अन्त्यको घोषणा 

बालबालिकाका लागि रोजगारमुखी कार्यक्रममार्फत आत्मनिर्भर बनाउने नीति सरकारको छ। यसैगरी सातै प्रदेशमा अपांगतामैत्री ग्राम निर्माणको नीति सरकारले लिएकाे छ। 
सबैखाले बालश्रम अन्त्यको घोषणा 

काठमाडौं, जेठ ५ : सरकारले नीति र कार्यक्रममार्फत सबैखाले बाल श्रम अन्त्य गर्ने घोषणा गरेको छ। नीति र कार्यक्रममा बालसुधार गृहको भौतिक पूर्वाधार र संस्थागत क्षमता अभिवृद्धि गरिने भनिएको छ। 

सबैखाले बालश्रम अत्यसँगै बालमैत्री पूर्वाधार निर्माण गर्दै लगिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘अनाथ, असहाय र टुहुरा, अपांगता भएका, अशक्त, हिंसा पीडित तथा टुहुरा र सडक बालबालिकाको उद्धारका लागि प्रदेश तथा स्थानीय तहमा अल्पकालीन बाल उद्धार, संरक्षण र पुनःर्थापनका लागि अल्पकालीन बाल उद्धार कार्यक्रम सञ्चालन गरिने छ।’

बालबालिकाका लागि रोजगारमुखी कार्यक्रममार्फत आत्मनिर्भर बनाउने नीति सरकारको छ। यसैगरी सातै प्रदेशमा अपांगतामैत्री ग्राम निर्माणको नीति सरकारले लिएकाे छ। 
 

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्