Kathmandu Press

नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई सरकारले स्थानान्तरण गर्ने घोषणा

नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई सरकारले स्थानान्तरण गर्ने घोषणा

काठमाडौं, जेठ ५ : काठमाडौं उपत्यकासहितका नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई सरकारले स्थानान्तरण गर्ने घोषणा गरेको छ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक भूमिहीन र विपन्नलाई स्थानान्तरण गरी नदी किनारका अतिक्रमित भूमिलाई खाली गराउने घोषणा गरेका हुन्र।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई स्थानान्तरण गरी व्यवस्थापन गर्ने बताएका हुन्।

‘काठमाडौं उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी अतिक्रमितभूमि खाली गराइने छ,’ उनले भने, ‘काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न ठूला सहरमा फोहोरमैलाको दिगो र भरपर्दो व्यवस्थापनका लागि नीतिगत र संस्थागत व्यवस्था गरिनेछ।’ 
 

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्