Kathmandu Press

प्रमुख शहरमा मेट्रो र मोनोरेलको अध्ययन गरिने

‘प्रदेश तथा स्थानीय तहको सहकार्यमा मुख्य शहरहरूमा मेट्रो रेल मोनोरेल तथा ट्राम निर्माण तथा सन्जालको अध्ययन गरिनेछ ।’
प्रमुख शहरमा मेट्रो र मोनोरेलको अध्ययन गरिने

काठमाडौं, जेठ ५ : सरकारले देशका प्रमुख सहरहरूमा मेट्रो र मोनोरेल सञ्चालनका लागि अध्ययन सुरू गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।

सरकारले देशका प्रमुख नदिहरूमा जलमार्ग विकासका निम्ति योजना तर्जुमा गर्ने पनि नीति र कार्यक्रममा उल्लेख छ। नीति र कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘प्रदेश तथा स्थानीय तहको सहकार्यमा मुख्य शहरहरूमा मेट्रो रेल मोनोरेल तथा ट्राम निर्माण तथा सन्जालको अध्ययन गरिनेछ ।’

यसैगरी कोसी गण्डकी कर्णाली भेरी लगायतका प्रमुख नदी प्रणालीमा जलमार्ग विकासका निम्ति आवश्यक योजना समेत निर्माण गरिने भएको छ।
सरकारको नीति र कार्यक्रममा मध्यपहाडी लोकमार्ग आसपासका १० वटा सहरलाई पहिचानयुक्त सहरको रूपमा विकास गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा १० सहरलाई पहिचानयुक्त सहरको रूपमा विकास गर्ने भनिएको छ । मध्यपहाडी लोक मार्गमा पर्ने १० वटा नयाँ सहर घोषणा यसअघि नै भइसकेको छ ।

 

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्