Kathmandu Press

पेट्रोलियम पर्दाथको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वतः समायोजन

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। आगामी वर्ष उक्त प्रणालीको सुरूवात गरिने नीति र कार्यक्रममा उल्लेख छ।
पेट्रोलियम पर्दाथको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वतः समायोजन

काठमाडौं,जेठ ५ : पेट्रोलियम पर्दाथको मूल्य प्रणालीलाई अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वतः समायोजन हुने व्यवस्था गरिने घोषणा गरिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। आगामी वर्ष उक्त प्रणालीको सुरूवात गरिने नीति र कार्यक्रममा उल्लेख छ।

यस्का लागि पेट्रोलियम पाइप लाइन विस्तारका साथै न्यूनतम अवधिको भण्डारण गृह निर्माणलाई निरन्तरता दिइने भनिएको छ।

‘पेट्रोलियम पर्दाथको मूल्य प्रणालीलाई अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वत समायोजन हुने व्यवस्था गरिने छ,’ नीति कार्यक्रममा भनिएको छ। 
 
प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्