मिडिया काउन्सिल स्थापना, टिभि र रेडियो गाभिने, पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा गरिने
सरकारले पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाउने भएको छ।
काठमाडौं, जेठ ५ : सरकारले प्रेस काउन्सिलाई बलियो संचनाका रुपमा विकास गर्न मिडिया काउन्सिलमा रुपान्तरण गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पोडेलले प्रश्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा संचार क्षेत्रको अनुगमन गर्ने काउन्सिललाई नयाँ कानुनमार्फत् मिडिया अनुगमनको बलियो संरचनाका रुपमा विकास गर्न मिडिया काउन्सिल बनाइने भनिएको छ।
यस्तै सरकार नियन्त्रित नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा संचालनमा ल्याउने घोषणा समेत सरकारले गरेको छ।
सरकारले पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाउने भएको छ।
‘पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाई जेष्ठ पत्रकार सम्मानवृत्ति, द्वन्द्वपीडित पत्रकारलाई राहत र पत्रकारको स्वास्थ्य तथा दुर्घटनाको बिमाका साथै महिला पत्रकार एंव विभिन्न भाषाभाषी र समुदायका पत्रकारितालाई प्रोत्सहान गरिने छ,’ उनले भने।
श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गरिने बताए। खोज पत्रकारितालाई प्रोत्साहन गर्न आवश्यक व्यवस्था गरिने उनको भनाइ छ।











