निजगढ विमानस्थल निर्माण प्रक्रिया अगडि बढाइने
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा गरेका हुन्।
काठमाडौं, जेठ ५ : सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा गरेका हुन्।
राष्ट्रपति पौडेलले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने समेत बताए । उनले हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने उनले बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मुलुकसँग हवाइ सेवा सम्झौता गरिने योजना रहेको बताएका छन्।
यस्तै, सरकारले निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाइ सम्झौता गर्ने भएको छ।
निर्माण सम्पन्न भइसकेका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित उडान भने हुन सकेको छैन।
प्रकाशित मिति: १७:३३ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)