गरिबी परिचयपत्र दुई वर्षभित्र वितरण गरिसक्ने
सरकारले औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढाउन विदेशस्थित कुटनीतिक क्षेत्रबाट पहल थाल्ने भएको छ।
काठमाडौं, जेठ ५ : राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी परिचयपत्र वितरणको कार्य दुई वर्षभित्र वितरण गरिसक्ने सरकारको योजना रहेको बताएका छन्।
संसदमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्नेक्रममा पौडेलले उक्त कुरा बताएका हुन्। यस्तै सरकारले औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढाउन विदेशस्थित कुटनीतिक क्षेत्रबाट पहल थाल्ने भएको छ।
लिजमा दिएका जग्गाहरुको अनुगमन गर्ने पनि राष्ट्रपतिले बताएका छन्। ढुंगाजन्य वस्तु नियमनका लागि अत्यावश्यक कानुनी व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै सरकारले सहकारीहरुको नियमन गर्न सहकारी नीति परिमार्जन गर्ने भएको छ । बन्द भएका हेटौंडा सिमेन्ट, गोरखकाली उद्योग सञ्चालनमा ल्याइने भएको छ।
प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











