कर्णालीको मानव विकास सूचकांकको सुधार ल्याइने
राजश्व परिचालन, वैदेशिक मुद्रा सञ्चिति बढेकाले अर्थतन्त्रले लय समातेको तथा भ्रष्टाचार नियन्त्रणमा नागरिक र सरकार एकै ठाउँमा उभिएको नीति तथा कार्यक्रममा औंल्याइएको छ।
काठमाडौं, जेठ ५ : संघीय संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर्णालीको मानव विकास सूचकांकको सुधार गर्न सरकारको नीति कार्यक्रम केन्द्रित रहेको बताएका छन्। अर्थतन्त्र र सुसासनमा सुधार भएको पनि उनले बताए।
राजश्व परिचालन, वैदेशिक मुद्रा सञ्चिति बढेकाले अर्थतन्त्रले लय समातेको तथा भ्रष्टाचार नियन्त्रणमा नागरिक र सरकार एकै ठाउँमा उभिएको नीति तथा कार्यक्रममा औंल्याइएको छ।
राष्ट्रपति पौडेलले सुशासनमा सरकारले उल्लेख्य सुधार गरेको पनि बताए। नीति कार्यक्रम मार्फत राजश्वको दायरा बढाउने, न्यून विजकीकरण, राजश्व चुहावट रोकिने घोषणासमेत राष्ट्रपति पौडेलले गरेका छन्।
फजुल खर्च कटौतीमा सरकारको ध्यान गइरहेको पनि उनले बताए। यस्तै सार्वजनिक खरिद् कानुनमा समसामयिक सुधार गर्ने र पारदर्शी बनाउने सरकारको लक्ष्य पनि सार्वजनिक भएको छ।
लघुवित्त नियमन, अनुगमनमा सरकारको ध्यान गइरहेको तथा सहकारी क्षेत्रको पुनर्संरचना गरिने पनि राष्ट्रपति पौडेलले संसदमा बताएका छन्। देशभर बीमाको पहुँच विस्तार गरिने पनि पौडेलले बताएका छन्।











