Kathmandu Press

तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक खेती गरिने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिको उत्पादन बढाइ आत्मानिर्भरता हासिल गर्न सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताए ।
तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक खेती गरिने

काठमाडौं, जेठ ५ : सरकाररले तीनै तहका सरकारबीचको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिको उत्पादन बढाइ आत्मानिर्भरता हासिल गर्न सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताए ।

कृषकले उत्पादन गरेको वस्तुको बजारीकरण साथै एकीकृत राष्ट्रियसम्बन्धी कानुन र कृषि अनुसन्धान निति तर्जुमा गरिने बताए । त्यस्तै, गुणस्तरीय बीउबिजनमा देशलाई आत्मानिर्भर बनाइने उनले बताए ।

रामचन्द्र पौडेलले प्रदेश र स्थानीय तहको सहकार्यमा प्रत्येक पालिकामा एक–एक शीत गृह कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरिने बताए ।

‘प्रदेश र स्थानीय तहको सहकार्यमा प्रत्येक पालिकामा एक–एक शीत गृह कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गरिनेछ ,’ उनले भने । त्यस्तै टोल, पालिकामा आत्मनिर्भर आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिने सुनाए ।

प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्