कर प्रणालीमा पुनरवलोकनको घाेषणा
आगामी आर्थिक वर्षदेखि करमा पुनरवलोकन गरिने भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रममार्फत उक्त घोषणा गरेका हुन् ।
काठमाडौं, जेठ ५ : सरकारले कर प्रणालीमा पुनरवलोकनको घोषणा गरेको छ।
आगामी आर्थिक वर्षदेखि करमा पुनरवलोकन गरिने भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रममार्फत उक्त घोषणा गरेका हुन्।
पौडेलले संसदमा राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने बताउँदै हालको कर प्रणालीमा पुनरवलोकन गरिने बताएका हुन्। राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको घोषणा छ।
नीति तथा कार्यक्रममा राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने उल्लेख छ।
प्रकाशित मिति: १६:३९ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











