Kathmandu Press

सरकारको नीति तथा कार्यक्रम : अर्थतन्त्रमा सुधार देखिन थालेको छ

आज (शुक्रबार) संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमले यस्तो उल्लेख गरेको हो।
सरकारको नीति तथा कार्यक्रम : अर्थतन्त्रमा सुधार देखिन थालेको छ

काठमाडौं, जेठ ५ : सरकारको नीति तथा कार्यक्रमले अर्थतन्त्रमा सुधार देखिन थालेको उल्लेख गरेको छ।

आज (शुक्रबार) संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमले यस्तो उल्लेख गरेको हो।

वर्तमान सरकारले नेतृत्व सम्हालेदेखि ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको, राजस्व चुहावटमा नियन्त्रण गर्ने काम गरेको प्रस्तुत तथा नीति तथा कार्यक्रममा उल्लेख छ। 

त्यसमा भ्रष्टाचार नियन्त्रणमा सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाएको भनिएको छ। आगामी दिनमा भ्रष्ट्राचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सुशासन कायम गर्न सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

कोभिड १९ तथा युक्रेन रुस युद्धका कारण मुलुकको बाह्य क्षेत्रमा असर गर्दा विदेशी मुद्राको सञ्चितिमा दबाब परेको र पछिल्लो समय यसमा क्रमश सुधारका संकेतहरु देखिन थालेकोपनि बताइएको छ। अर्थतन्त्रमा रहेका तमाम समस्याहरुको समाधान गर्दै उच्च तथा फराकिलो आर्थिक बृद्धिदर हासिल गर्ने दिशामा अगाडी बढ्ने नीति लिइने नीति तथा कार्यक्रममा भनिएको छ।

सरकारी खर्चमा मितव्ययीता कायम गरिने, पुँजीगत खर्च बढाउने र आवश्यकतामा आधारित परियोजना छिटो सम्पन्न गर्ने दिशामा अगाडी बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्