६ ओभरको खेलमा महेन्द्रनगर विजयी
धनगढी, फागुन ७ : डिपिएलको आईतबारको पहिलो खेलमा महेन्द्रनगर युनाइटेड सात विकेटले विजयी भएको छ ।
वर्षाका कारण ६ ओभरमा छोट्याएको खेलमा सीवाईसी ....

धनगढी, फागुन ७ : डिपिएलको आईतबारको पहिलो खेलमा महेन्द्रनगर युनाइटेड सात विकेटले विजयी भएको छ ।
वर्षाका कारण ६ ओभरमा छोट्याएको खेलमा सीवाईसी अत्तरियाले पाँच विकेट गुमाएर ५४ रन बनाएको थियो । प्रतिउत्तरमा महेन्द्रनगरले ५.४ ओभरमा तीन विकेट गुमाएर जित हासिल गरेको हो ।
महेन्द्रनगरका लागि सुव्रमनियन आनन्दले १७, आरिफ सेखले १५, मोहम्मद नवीद र कुशल मल्लले ६÷६ र शरद भेष्वाकरले ५ रन बनाए । अत्तरियाका लागि भुवन कार्कीले दुई र दीपेन्द्र रावतले एक विकेट लिए ।
यस अघि अत्तरियाका लागि सन्नी पटेलले १९, जयकिसन कोल्सेवाला र दीपेन्द्रसिंह ऐरीले १०÷१० रन बनाएका थिए । त्यस्तै, महेन्द्रनगरका अभिनाष बोहरा र सौरभ ढकालले दुई÷दुई तथा शरद भेष्वाकरले एक विकेट लिएका थिए ।
दोस्रो खेल काठमाडौं गोल्डन्स र रुपन्देही च्यालेन्जर्सबीच भइरहेको छ ।











