Kathmandu Press

मधेसमा अहिलेकै सरकारलाई निरन्तरता दिने सहमति

मधेसमा अहिलेकै सरकारलाई निरन्तरता दिने सहमति

काठमाडौं, जेठ ५ : सत्ता गठबन्धनमा सहभागि दलहरुबीच मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको छलफलबाट यस्तो सहमति भएको हो। अहिले मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेतृत्वको सरकार छ। 

आलोपालो सरकार सञ्चालन गर्ने सहमति अनुसार पहिलो चरणमा जसपालाई नै नेतृत्व गर्न दिने निर्णय भएको हो। छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र मधेस प्रदेशका अन्य नेताहरुसमेत थिए। 

मधेश प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको थियो। कांग्रेसको उक्त अडानले मधेस प्रदेश सरकार पुनर्गठन हुन कठिनाई हुँदै आएको थियो। शुक्रबार शीर्ष तहमा भएको छलफलबाट मधेसमा आलोपालो सरकारबारे सहमती भएको हो।

अब पहिलो चरणमा जसपा नेतृत्वकै सरकारले निरन्तरता पाउने छ। यसपछिको नेतृत्व कस्ले गर्ने भनेर गठबन्धन दलविच प्याकेजमै सहमति गर्न नेताहरु सहमत भएका छन्। 

प्रकाशित मिति: १६:१२ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्