Kathmandu Press

संघीय संसद बैठक सुरू, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्।
संघीय संसद बैठक सुरू, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं, जेठ ५ : संघीय संसद बैठक सुरू भएको छ। संसद भवन बानेश्वरमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक ४ बजे सुरु हुने भनएि पनि केही ढिलाइ गरी सुरू भएको हो।

आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्।

स्वास्थ्य समस्याका कारण भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने, नसक्नेमा भन्नेमा दुविधा थियो। सोही कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकाउने तयारी गरिएको थियो । 

तर, उनको स्वास्थ्यमा सुधार आएकाले पौडेलले नै नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन्। ठकमा प्रधानमन्त्री प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्नेछन्। 

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्