Kathmandu Press

भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशांक कोइराला

'मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्‍यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु।'
भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशांक कोइराला

नवलपुर, जेठ ५ : नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा शशांक कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताएका छन्। 

नवलपुरको कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले संसदमा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टीकरण दिँदै भने, 'मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्‍यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु।'

सो अवसरमा उनले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताए। 'जसले पत्रकारिता बुझेको छ, समाचार स्रपे्रषण गर्छन्, तिनीहरुको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ।' नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको बताए। 

चार पत्रकार पुरस्कृत

सो अवसरमा चार जना पत्रकारलाई सम्मानसमेत गरिएको छ। नेपाल पे्रस युनियन नवलपुर शाखाले प्रदान गर्दै आएको ‘सूर्यभक्त पतनादेवी राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट राससका  कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्युरो प्रमुख सूर्यचन्द्र बस्नेतसहित चार जना पत्रकारलाई सम्मान गरिएको हो। 

सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७८ र २०७९ बाट बस्नेतसहित, बिबिसी नेपाली सेवाका ईश्वर जोशी, डा भूमिराज चापागाईं र नेपाल टेलिभिजन सञ्चालक समिति अध्यक्ष समीरजङ्ग साह सम्मान गरिएको हो। चारै जनालाई जनही रु २५ हजारसहित सम्मान गरिएको नेपाल पे्रस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताए। 

प्रकाशित मिति: १५:४३ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्