Kathmandu Press

बलात्कार कसुरमा साढे नौ वर्ष कैद

तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका ५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला सुनाएको हो।
बलात्कार कसुरमा साढे नौ वर्ष कैद

तनहुँ, जेठ ५ : बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ।

तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका ५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला सुनाएको हो।

Hardik ivf

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यकोे इजलासले उक्त फैसला गरेको हो। अदालतले पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। 

पीडितलाई विकले विसं २०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए।

प्रहरीले विकलाई विसं २०७७ असार २४ गते पक्राउ गरेको थियो। अदालतको आदेशमा आरोपित विक विसं २०७७ साउन १३ गतेदेखि पुर्पक्षका लागि कारागारको थुनामा थिए। 

प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, जेठ ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्