Kathmandu Press

संसदमा राष्ट्रपतिको तामझामविनाको सवारी हुने

राष्ट्रपति पौडेल स्वयम्ले तामझाम नगर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । सडक जाम र सर्वसाधारणलाई दुःख हुने भएकाले सामान्य तरिकाले व्यवस्थापन मिलाउन भनिएको छ ।
संसदमा राष्ट्रपतिको तामझामविनाको सवारी हुने

काठमाडौं, जेठ ५ : राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार ४ बजेसरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । राष्ट्रपति पौडेल संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न जान लागेका हुन्।

पौडेल विगतमा जस्तो तामझामबिना संसदमा जाने तयारी छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार तामझामविना संघीय संसद् भवन नयाँबानेश्वरमा जाने तयारी छ।

राष्ट्रपति पौडेल स्वयम्ले तामझाम नगर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । सडक जाम र सर्वसाधारणलाई दुःख हुने भएकाले सामान्य तरिकाले व्यवस्थापन मिलाउन भनिएको छ ।

राष्ट्रपति पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्