दाङमा दुई बस आपसमा ठोक्किए, एकको मृत्यु, २३ घाइते
दुर्घटनामा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, उनका दुई छोरासहित २३ जना घाइते भएका छन् ।
दाङ, जेठ ५ : दाङमा यात्रुबहाक बस दुर्घटना भएको छ। दाङको देउखुरीमा शुक्रबार बिहान भएको दुई यात्रु बहाक बस आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका भएका छन्।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमहीमा आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, उनका दुई छोरासहित २३ जना घाइते भएका छन् ।
घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। भीम्भर घाइतेमध्ये ७ जनाको भैरहवा, ३ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १०:५१ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











