Kathmandu Press

कोशी प्रदेश सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह

सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्र र जसपालाई सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने निर्णय भइको कांग्रेस संसदीय दलका नेता उद्धव थापा जनकारी दिए।
कोशी प्रदेश सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह

मोरङ, जेठ ५ : नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)लाई कोशी प्रदेश सरकार छाड्न आग्रह गरेको छ। कांग्रेसको संसदीय दलको बैठकले माओवादी र जसपालाई यस्तो आग्रह गरेको हो।

सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्र र जसपालाई सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने निर्णय भइको कांग्रेस संसदीय दलका नेता उद्धव थापा जनकारी दिए।

यस्तै, कांग्रेसले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाएर समस्याको समाधान गर्न आग्रह गरेको छ। साथै आन्दोलनरत पक्षलाई संयमता अपनाउन पनि कांग्रेसले आग्रह गरेको छ ।

बैठकले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन केदार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्रकाशित मिति: १०:४२ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्