Kathmandu Press

पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल  देशको पहाडी भूलभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूलभागमा मौसम सामान्यतया  सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू भागको थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, जेठ ५ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

हाल  देशको पहाडी भूलभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूलभागमा मौसम सामान्यतया  सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू भागको थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

विभागअन्तर्गतकौ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो कोशी प्रदेशमा सामान्य बदली रहि बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

शुक्रबार राति कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:१० बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्