नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न नेकपा एसको माग
बिहीबार माइतिघरमा समाजवादी निकट संगठनहरूले कुनै दबाब र प्रभावमा नपरी उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
काठमाडौं, जेठ ४ : नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमाथि छानविन गरेर दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। दोषीमाथि कारबाही गर्न माग गर्दै नेकपा एसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
बिहीबार माइतिघरमा समाजवादी निकट संगठनहरूले कुनै दबाब र प्रभावमा नपरी उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
प्रदर्शनकारीले सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर, युवा संघको खबरदारी, नउम्किउन् भ्रष्टाचारी लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रदर्शनमा सहभागी नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले शरणार्थी प्रकरणपछि राजनीतिक दलका नेताहरु अत्तालिएको भन्दै यस प्रकरणमा कसैलाई पनि जोगाउन नहुने बताए। उनले अब सबै प्रकारका भ्रष्टाचारको अनुसन्धान गर्दै दोषीलाई कडा कारवाही गर्नुपर्ने बताए।